कृपा संवाददाता
बिरगंज – खुला सिमाका कारण प्रहरी जतिसुकै गस्ती वा कडाई गर्दा पनि तस्करी कार्य भने रोकिएको छैनन् । तस्करहरुले भने प्रहरीको आँखा छलेर होस या चोरी निकासी गरेर दैनिक रुपमा सामान नेपाल भित्राउने कार्य जारी नै छ । जिल्ला प्रहरी कार्यालय पर्साले गाडी सहित छोगडा बरामद गरेको जनाएको छ ।

 

 

 

 

प्रहरीले विशेष सुराकीको आधारमा मिनि ट्रक गाडीमा छोगडा लगाएतका मालबस्तु चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित बेवारिसे अवस्थामा ना.५.ख ८४८१ नम्बरको मिनि ट्रक गाडी र सो गाडीमा लोड रहेको ३५०० किलो छोगडा बरामद गरेको बारे जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।

 

 

 

 

 

बरामद गरेको छोगडाको मुल्य करिब २३ लाख ५० हजार बराबर रहेको प्रहरीले बताए । नियन्त्रणमा लिएको सामान सहित गाडी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बारे जिल्ला प्रहरी कार्यालय पर्साले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here