सिम्रौनगढ,बाराको सिम्रौनगढमा प्रहरी र तस्करबीच झडप भएको छ । सिम्रौनगढ बजारको मुख्य चोकमै सोमबार प्रहरी र तस्कर बीच झडप भएको स्थानीयले बताएका छन् । खुल्ला सिमाको फाईदा उठाउँदै भारतबाट राजश्व छली नेपाल भित्र्याइएको दुई पोका कपडा प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरी बीच झडप भएको प्रत्यक्षदर्शले बताएका छन ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्तिमा रहेको टोलीले तस्करबाट कपडाको पोका नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रहरीसँग दुव्र्यवहार गरेका थिए । तस्करहरुले प्रहरीसँगको सहमतिमा आफुहरुले तस्करी गरिरहेको बताउँदै प्रहरीले जफत गरेको कपडा खोस्न खोजेका थिए । स्थानीयहरुको पहलमा प्रहरी र तस्करबीचको झगडालाई साम्य पारिएको थियो । इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक दीपक सुवेदीले प्रहरीसँग दुव्र्यवहार गर्ने तीनजना तस्करको खोजी भइरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here