सिकिन्द्र साह
सिम्रौनगढ – ग्रामिण क्षेत्रमा लघुवित संस्थाहरुले लगाएका लगानी उठाउन धौधौ भएको छ । लघुवित संस्थाहरुले लगाएको लगानीको साँवा समेत उठाउन गाह्रो हुने भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ८ बोहाका एक स्थानीयले लघुवितबाट ऋण लिएर फरार भएका छन् । स्थानीय रुपनारायण पटेलका श्रीमती सीता देवी पटेलले घरेलु लघुवितबाट ऋण लिएर फरार भएको बारे संस्थाका फिल्ड सहायक कर्मचारी अरबिन्द कुमार रजकले जानकारी दिए ।

 

 

 

 

लघुवित संस्थाले पटेललाई गोलिया तरिकाबाट महिलाको समुह बनाई ऋण दिएका थिए । पटेलले लिएको ऋणको मासिक किस्ता लिन आएका बेला घरमा कोहि भेटिएनन् । ऋणको पैसा तिर्नु भएकाले पटेलले घरमा भएका सबै सदस्यहरुलाई लिएर गाउँ नै छोडी फरार भएका छन् । पैसा बुझन आएका लघुवितको कर्मचारीले महिलाको समूहसँग सोधपुछ गर्दा पटेलले नौ वटा विभिन्न लघुवितबाट ऋण लिएर फरार भएको गाउँलेहरुले सुनाए ।

 

 

 

 

ऋण लगानी गरेका लघुवितहरुले पैसाको लागि ताकेदा गर्दा पटेलले गाउँ नै छाडि भागेको छ । ग्रामिण भेगमा बिना धितो लघुवितहरुले धमाधम लगानी गर्ने गरेकाले ऋण नलिने व्यक्तिले पनि ऋण लिने बानी बसालेको एक स्थानीयले सुनाए । गाउँ घरमा लघुवित संस्थाहरुले सजिलै तरिकाले ऋण लगानी गर्दा ऋण लिएकाहरुले ऋण लिएको पैसाको सदुप्योग गर्न नजानेको बारे स्थानिय बिरबहादुर मुखियाले जनाए ।

 

 

 

 

त्यसैगरी अर्का स्थानीयका अनुसार लघुवितको सहयताले गरिबी उन्मुलन गर्नुको साटो झन गरिबी बढदो अवस्थामा रहेको बताए । महिलाको समूह बनाएर बिना धितोको लाखौं रुपैया लघुवितले दिईरहेको अवस्थाले गर्दा गाउँको अझ बढि ग्राहक ऋण लिएर फरार हुने आशंका रहेको स्थानिय जितेन्द्र पटेलले बताए ।

Leave a Reply