कृष्ण मोहन साह
सेढवा,महिला विकास उद्यम विकास कार्यक्रम अन्तर्गत १० दिने लुगा धुने सरफ बनाउने सीपमुलक तालिम आज पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौं टोलको सामुदायिक भवनमा सम्पन्न भएको छ ।कार्यक्रममा महिलाहरुलाई लुगा धुने सरफ बनाउने तरिका बजारीकरण र घरेलुु उद्योग कार्यालयमा दर्ता गर्ने प्रक्रिया र व्यवसाय संचालनमा सरकारबाट प्राप्त हुने अनुदानको बारेमा प्रशिक्षक नरेश जैसवालले सहभागी महिलाहरूलाई जानकारी गराउनुभएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि जिराभवानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष महादेव महतो थारु, वडा सदस्य श्रीकान्ती देवी, नन्दकिशोर साह लगायत संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।तालिम कार्यक्रममा २० जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागी महिला हरुलाई प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो ।
कार्यक्रम जिराभवानी गाउँपालिकाको आयोजना तथा एसडिसी नेपालको सहजीकरणमा समपन्न भएको हो ।

Leave a Reply