नरेश गुप्ता
बरियारपुर –  जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी नायब उपरीक्षक गौतम मिश्र शान्ती सुरक्षाको अनुभुती आम नागरिकलाई दिनु पर्ने पहिलो जिम्मेवारी रहने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा आयोजित संचारकर्मीसंगको भेटघाट कार्यक्रममा बोल्दै मिश्रले  प्रहरी जनताको सेवा मुखी बन्नु पर्नेमा जोड दिनु भयो ।
पत्रकारहरुले बारामा बढ्दै गएको तस्करी , हत्या हिंसा , चोरीको घटनालाई न्यूनीकरण गने  समबन्धमा  प्रहरी  प्रवक्ता  मिश्रले जिल्लाको शान्ती सुरक्षाको लागि मातहतको प्रहरी  ईन्चार्ज ,हामी  नागरिक लगायत सबैको साझा जिम्मेवारी रहेको बताए । 
बि स २०५५ सालमा प्रहरी  सेवामा प्रेवश गर्नु भएको प्रवक्ता मिश्रले आफू मुस्कान सहितो प्रहरी सेवाको लागि सधै लागि रहने साथै जिल्लामा हुने गरेको अपराधिक क्रियाकलाप न्यूनीकरण  ,घरेलु मदिरा भट्टि नष्ट अभियानलाई निरंतरता दिदै नागरिकको अमन चयनमा प्रहरी सधै तत्पर रहने वहाले बताए ।
प्रहरी सेवालाई बदनाम गराउने कुनै पनि प्रहरीलाई नछाड्ने बताउदै जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त प्रशासनिक सेवा सुबिधा आम नागरिक , संचारकर्मीलाई दिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

Leave a Reply