काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको बताउनुभएको छ ।
हिजो भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै ओलीले सो कुरा बताउनुभएको हो । कुनै हैसियत नै नभएको सरकारले देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटनको सिफारिस गरेर राष्ट्रपति पौडेलले गल्ती गरेको तर्क गर्नुभएको हो ।

राष्ट्रपतिले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको भनाई छ । त्यसैले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दैे पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।यसैबिच नेकपा एकीकृत समाजवादी छाडेकी नेत्री रामकुमारी झाँक्री र किसान श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरुले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन ्।
एमाले नेता महेश बस्नेतका अनुसार यही कात्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रियसभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजनाको मिति तय भएको छ ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकतामा समाहित भएपछि झाँक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएका थिएनन ्।

Leave a Reply