कृष्ण मोहन साह
सेढवा –  पर्साको जिराभवानी गाउँपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासनको कार्यालयमा बिगत लामो समयदेखि कर्मचारीहरू अनुपस्थित रहेको भन्दै बिहिबार दुइजना युवाहरुले ईलाका प्रशासन कार्यालयको होडिङ बोर्ड च्यातेका छन् । युवाहरुले बिगत एक महिना देखि नागरिकता बनाउन लागि ईलाका प्रशासन कार्यालयमा धाइरहेका थिए । ईलाका प्रशासनका कर्मचारीहरु फोनमा भोलि पर्सि आउनु भनी ढाटी रहेकोले आक्रोशमा आएर होडिङ बोर्ड च्यातेको उनिहरुले बताएका छन् ।

 

 

 

 

 

 

होर्डिङ बोर्ड च्यातेको आरोप प्रहरी चौकी सुपौलीले दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका वडा नम्बर ५ का २२ वर्षका अजय महतो र १८ वर्षका शिवशंकर महतो रहेका छन् । पक्राउ गरिएका दुबैजनालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए । कर्मचारी बिगत लामो समय देखि कार्यालयमा अनुपस्थित रहेको सुपौली दैनिक आउने दर्जनौं सेवाग्राहीहरु काम नगराई रितै फर्किनु पर्ने बाध्यता रहेको छ ।

 

 

 

 

 

 

 

ईलाका प्रशासन सुपौली अन्तर्गत ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका , जगरनाथपुर गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका पर्दछ । दिनहुुँ त्यहाका सेवाग्राहीहरु कार्यालयमा आउने र कर्मचारी नभएकोले रितै घर फर्किने गरेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here