बारा,समाजिक परिवर्तन केन्द्र, काठमाडौको सहजीकरणमा संचालित सद्भाव परियोजना अन्र्तगत फेटा गाउँपालिकामा रहेको अंचित माध्यमिक विद्यालय, बतराका ५० जना विद्यार्थीहरुलाई कलामार्फत संवाद सहजीकरणबारे कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धाटन शत्रको सभामा समाजिक परिवर्तन केन्द्र, बाराका फिल्ड अफिसर श्री विक्की महतो, प्रमुख अतिथि विद्यिालयका प्रधानाध्यापक पप्पु सिंह अतिथि संवाद सहजकर्ता अनिल कुशवाहाले कार्यक्रमबारे धारणा राखेका थिए ।समाजमा विद्यमान विभिन्न समाजिक सवालहरुमा रहेका मतभेद तथा द्धन्दलाई कसरी समाधान गर्न सकिन्छ तथा समाजमा समाजिक सदभाव, विश्वास तथा शान्तिको अवस्थालाई कसरी उच्च स्तरमा वृद्धि गरी समाजमा एकता ल्याउने बारे कलाका विभिन्न विधिहरु प्रयोग गरेर विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।समाजमा विद्यमान लैङ्गिकताको सवाल, विकासको सवाल, स्रोतको बाँडफाँड तथा धार्मिक सहिष्णुताको सवालमा परियोजनाले चित्र प्रदर्शन, कार्टुन भिडियो, भिडियो तथा खेलको माध्यमबाट विद्यार्थीहरुमा चेतना जागृति गराइएको थियो । कार्यशाला बारा जिल्लाका तीन जना सहजकर्ता राजेशप्रसाद कुशवाहा, अनिलकुमार सिन्हा तथा जुही कुमारीले सहजीकरण गरेका थिए ।

सामाजिक परिवर्तन केन्द्रसन् २०१५ मा स्थापित एक गैरसरकारी सामाजिक संस्था हो । सो संस्थाले विशेष गरी अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको रूपान्तरणमा काम गर्दैआएको छ । क्ष्ँब्को साझेदारीमा संस्थाले प्रदेश १ को सुनसरी, मधेस प्रदेशको बारा, लुम्बिनी प्रदेशको रुपन्देही र सुदूरपश्चिम प्रदेशको कैलालीमा सद्भाव परियोजनासञ्चालन गर्दैआएको छ ।बारा जिल्लाका कलैया उपमाहानगरपालिका तथा फेटा गाँउपालिकामा यो परियोजना अन्तर्गत सामाजिक सदभावकोलागि परियोजना संचालन गर्दै आएको संस्थाको फिल्ड अफिसर महतोले जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here