आरके चौधरी
सखुवाप्रसौनी,पर्साको पटेर्वा सुगौली गाउँपालिकामा झुटो विवरणको आधारमा नेपाली नागरिकता बनाउनेमाथि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही गर्न चासो नदेखाएको बताइएको छ ।झुठो विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाण पत्र बनाएको भन्दै भारतीय नागरिक विरुद्ध परेको उजुरीमा जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही गर्न चासो नदेखाएको हो ।

भारत विहार पश्चिम चमपारण बेतिया थाना बलथर गाविस ११ घर भइ साविक पर्साको निचुटा गाविस वडा नम्बर ७ हाल पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ बस्ने बिन्दा रायको छोरा अमरनाथ सिङ्ग राठौर भारतीय नागरिक रहेको र उनले झुटो विवरणको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिएको भन्दै उजुरी परेको थियो ।

राठौरले नातामा भान्जा पर्नेलाई आफ्ना छोरा बनाएर नागरिकता बनाएको भन्दै पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने रामजी रायले जिल्ला प्रसाशन कार्यालय पर्सामा उजुरी दिनुभएको थियो । राठौरले आफ्ना भन्जा पर्ने भारत बेतिया थाना बलथर गाविस ११ बस्ने कृष्ण रायको नाम परिवर्तन गरि अमृत सिङ्ग राठौरको नामबाट नागरिकता बनाएको उजुरीमा उलेख गरिएको छ ।उजुरीपछि जिल्ला प्रशासन कार्यालयले दुबैजनाको नागरिकता झिकाएको तर ४ महिना बितिसक्दा अहिलेसम्म पनि कुनै कारबाही नभएको उजुरीकर्ता रामजी रायले बताउनुभएको छ ।

Leave a Reply