काठमाण्डौं,प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको एकसाथ सरुवा गर्ने क्रममा नेपाल प्रहरी राजमार्ग तथा सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईको पनि सरुवा भएको हो ।
पथलैयाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईको नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा सरुवा भएको छ । भट्टराईको स्थानमा प्रहरी उपरीक्षक भिमकिरण बोगटी आउने हुनुभएको छ ।
बोगटी यसअघि बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखामा कार्यरत हुनुहुन्थ्यो ।यसैगरी पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहको सरुवा भएको छ । विगत एक वर्षदेखि पर्सामा कार्यरत शाहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा नक्साल काठमाडौँमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले मङ्गलवार जारी गरेको सरुवाको सूचनामा उल्लेख छ ।यस्तै शाहको ठाउँमा पर्सा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल आउनुहुनेभएको छ । हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी उपरीक्षक ढुङ्गेल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेको हो ।