जियालाल चौधरी
कोल्हवी – जारी तेस्रो कोल्हवी गोल्डकपमा पहिलो सेमेफाइलनमा ०–१ गोलको विरुद्ध बारा ११ ले जित हासिल पारेको छ । कोल्हवी नगरपालिकाको जनशक्ति क्लब कोल्हवी, समाज बिकास युवा क्लब कुमरगढी, सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाई युवा क्लब अधनवाको संयुक्त आयोजनामा कुमरगढी खेल मैदानमा जारी तेस्रो कोल्हवी गोल्डकपको पाचौ दिन बिहीवार बारा ११ र बैङ्खरी एकाडेमी महोत्तरी बिच भिडन्त भएको पहिलो सेमिफाइनल खेलमा ० को बिरुद्ध १ गोलले बारा ११ ले सानदार जित हासिल गरेको छ ।

 

 

 

 

 

 

बारा ११ का जर्सी नम्बर १० का बिबेक चौधरीले खेलको पहिलो हाल्फको १४ औं मिनेट जादै पहिलो गोल गरि आफ्नो टिमलाई ० को विरुद्ध १ गोलले बिजय घोषित गराउन सफल भएका छन् । बारा ११ का जर्सी नम्बर १० का बिबेक चौधरीलाई ट्रफी तथा मोबाइल सेट प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो । साथै शुक्रबार हुने दोश्रो सेमिफाइनल खेलमा गोल्डेन स्टार दुबही सुन्सरी र बागमती ११ सर्लाही बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद र सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जन्शक्ति क्लब कोल्हवीका सचीव लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here