नरेश गुप्ता
बरियारपुर – भारतबाट अबैध रुपमा तस्करी गरि मोटरसाइकलमा ल्याईरहेको तयारी कुखुरा प्रहरीले बरामद गरेको छ । होलि पर्व नजिकदै जांदा भारतबाट राजस्व छलि गरी विभिन्न समानहरु भित्रिरहेको छन् । प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक राजकुमार यादवको कमाण्डमा रहेको प्रहरीको टोलिले महागढीमाई नगरपालिका ८ अर्नवा चौक स्थित भारतबाट नेपाल ल्याउदै गरेको तीन वटा मोटरसाइकल सहित अबैध कुखुरा पक्राउ गरिएको प्रसनी यादवले बताए ।

 

 

 

 

 

 

 

 

करिब ४५ हजार मूल्य बराबरको अबैध ततारी कुखुरा बरामद गरिएको हो । पक्राउ गरिएको अबैध कुखुरालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको छ । अबैध कुखुरा सहित चल्ला तस्करहरुले चढेको ना ९ प ५८९३ , ना ४७ प ९२०१ ना १६ प ८०९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । होलि पर्वको मौका छोपी सिमावर्ती नाका भएर तस्करहरु दैनिक लाखौ मूल्य बराबरको लत्ताकपडा, कुखुरा , भारतिय प्याज , किराना समानहरु अबैध रुपमा तस्करी गरिरहेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here