नरेश गुप्ता
बरियारपुर – सशस्त्र प्रहरी बोडर आउट पोष्ट मटिर्वाको टोलिले भारतबाट अबैध रुपमा ल्याईरहेको लागु औषध सहित एक जना महिलाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक लक्षुमण जोशीको कमाण्डमा रहेको मोबाइल गस्ती टोलिले सिमा नाका पकडिघाट स्थित बाराको महेशपुर निवासी हाल कलैया उपमहानगरपालिका ४ डेरा गरि बस्ने बर्ष ५० की सुदमिया रामलाई लागु औषध प्रोमेथिसिन ४०० पिस , नुपिटिन ४०० पिस र डाईप्रेथिन४०० थान गरि १२०० थान लागु औषध बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशिले बताए ।
पक्राउ परेकी महिलाले लागु औषध झोलामा लुकाई छिपाई नेपाल ल्यादै गरेकी अवस्था उनलाई चेकजाँच गर्दा अबैध लागु औषध बरामद गरिएको थियो । पक्राउ परेकी महिलालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशिले बताए ।