Palestinians inspect the destruction around Ahmed Yassin mosque, which was levelled by Israeli airstrikes, in Gaza City early on October 9, 2023. Israel relentlessly pounded the Gaza Strip early October 9, as fighting raged with Hamas around the Gaza Strip and the death toll from the war against the Palestinian militants surged above 1,1000. (Photo by Mohammed ABED / AFP)

काठमाण्डौं,इजरायलले गाजामा पानीको आपूर्ति बन्द गरेको छ । इजरायलका रक्षामन्त्रीले गाजापट्टि पूर्ण घेराबन्दी गर्न आदेश दिएको केही समयमै इजरायली सेनाले गाजामा पानीको आपूर्ति बन्द गराएको बीबीसीले जनाएको छ ।इजरायलले गाजामा विद्युत्, खाद्यान्न लगायतको आपूर्ति पनि बन्द गर्ने जनाएको छ । इजिप्टले युद्ध शुरु हुनु अघिदेखि नै गाजामा पूर्ण नाकाबन्दी गरिरहेकोले अब गाजा क्षेत्रमा जीवनयापनका आधारभूत वस्तुहरू पनि बन्द हुनेछ ।इजरायलको रकेट आक्रमणबाट गाजाका धेरैजसो भवनहरू भत्किएकाले त्यहाँका एक लाख २३ हजार जनाभन्दा धेरै मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । उनीहरूलाई सेल्टरमा राखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।गएको शनिवार बिहान प्यालेस्टिन विद्रोही समूह हमासले एक्कासी इजरायलमा रकेट र स्थलगत आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टिनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।यसैबीच हमासको युद्धलाई समर्थन गर्दै इस्लामबादी लडाकु समूह हिजबुल्लाले लेबनानबाट उत्तरी इजरायलमा रकेट आक्रमण शुरु गरेको छ । अहिले उत्तरी इजरायलका सीमा क्षेत्रका सहरहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here