जियालाल चाैधरी

काेल्हवी –  कोल्हवी नगरपालिकाको मुख्य प्रायोजन र जनशक्ति क्लब कोल्हवी, समाज बिकाश युवा क्लब कुमरगढी , सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा वडा नम्बर ६ को कुमरगढी फुटबल मैदानमा तेस्रो कोल्हवी गोल्ड कपकाे दोस्रो दिनको खेल आयोजक क्लबलाई हराउदै बागमती ११ सर्लाहीले १ को बिरुद्व ३ गोलले बिजयी भएको छन् ।

 

साेमबार भएकाे खेलकाे पहिलो हाफको खेलमा १४ औं मिनेट पनि नबित्दै बागमती ११ का जर्सि नम्बर ११ कै बिमल घिसिङ्गले आफ्ना टिमको लागि एक गोल गरी खाता खोलेका थिए । भने सोही टिमका जर्सि नम्बर १२ का सागर साहीले दोस्रो हाफको ८ औं मिनेटमा थप एक गोल गरे ।

 

 

 

 

 

त्सस्तै आयोजक क्लबका जर्सि नम्बर ११ का प्रबिन चौधरीले २६ औं मिनेटमा बागमतीलाई १ गोल गरे लगतै सलार्हीका साहीले ३० औं मिनेटमा पुःन एक गोल गरी आफ्ना टिमलाई जित हासिल गराउन सफल भएका थिए ।  बिजयी क्लबका जर्सि नम्बर १५ का याङ दोर्जेले उत्कृष्ट खेल प्रदर्शन गरेकोले म्यान अफ दि म्याच घोषित भएका थिए । आज मंगलबारको खेल हर्दि समाज चितवन र बैङखरी एकाडेमी महोतरी बिच हुनेछ ।

 

कोल्हवी नगरपालिकाको मुख्य प्रायोजनमा गरिएको सो गोल्ड कपमा अर्ना बियर कोल्हवी, शिवम ट्रेडर्स, उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हवी, मामा भान्जा रेडिमेड कोल्हवी, वेदयान्त पब्लिकेसन प्रा. लि. बनस्थली काठमाण्डौ र श्री जनता मा. बि. ककडी प्रसौनाले सहयोग गरेको मुल कमिटिका कोषध्यक्ष बिजेन्द्र प्रसाद चौधरीले जानकारी दिनु भयो ।

Leave a Reply