हेटौंडा । मानवअधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले जिल्लाको भीमफेदी गाउँपालिकामा सोमबार नेतृत्व बिकास सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ। मानवअधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेल सहित उपाध्यक्ष शान्ता बिश्वकर्मा,जिल्ला सदस्य कल्पना आचार्य लगायतले उक्त अवसरमा सहभागीहरुलाई नेतृत्व बिकासको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा कबिता श्रेष्ठ,कृष्णमाया श्रेष्ठ,इन्द्रकुमारी सुनार,चन्द्रिका पौडेल लगायतको सहभागिता रहेको मानवअधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अधयक्ष टीका पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply