हेटौंडा – पाँच दिन सम्म हेटौंडामा वसेको नेकपा प्रदेश–३ संसदीय दलको वैठकले प्रदेशको राजधानी हेटौंडा मात्रैको प्रस्ताव संसदमा दर्ता गरिने निर्णय गरेको छ । प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा हेटौंडाको पक्षमा मात्र दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयालले वताउनुभयो ।
पहिले संसदमा राजधानीका लागि प्रस्ताव भएको पाँच जिल्लाको नाम भन्दा पनि अव फेरी मकवानपुरका पक्षमा मात्र प्रस्ताव दर्ता गर्ने निर्णय भएको उहाँले वताउनुभयो । प्रदेशको नाम भने वागमती राख्ने सर्वसहमतीले निर्णय भएको उहाँले वताउनुभयो ।
वैठकपछी प्रदेशको राजधानी हेटौंडा र नाम वागमतीको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिएको छ । आज दिउसो ३ वजे संसद वैठक वस्दै छ । केही सांसदहरुले अरु जिल्लाको पनि नाम दर्ता गराउने भनेका छन् । प्रदेश ३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठकले आज राजधानी र नामाकरणका विषयमा निर्णय गरेर राजधानी र नामाकरणको प्रकृया संसदमा सुरु गर्नका लागि थप सहजता पैदा भएको छ ।
नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएपछि मुख्यमन्त्रीको सक्रियतामा आज बिहीवार दलको बैठक पाँचौ पटक बसेको हो । पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमती जुटाउन संसदीय दलको बैठकमा प्रयासपछी निर्णय गरिएको हो ।