निजगगढ – निजगढ नगरपालिकाभित्रका अपांगता भएका वालवालिकाहरुको निशुल्क स्वाथ्य परिक्षण गरिएको छ । निजगढ नगरपालिका, अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द बनेप र सिद्धार्थ बैंकको संयुक्त आयोजनामा १८ वर्ष भन्दा मुनिका अपांग बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा परिक्षण गराएकाहरुलाई आवश्यक औषधि र सहायता सामाग्रीहरु समेत वितरण गरिएको थियो ।
नगरपालिकाले नगर भित्रका अपांगता भएका बालबालिकाहरुको सुरक्षा र संरक्षण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको निजगढकी उपमेयर लिलादेवी लामिछानेले बताउनुभयो । शिविरमा निजगढलगायत जितपुरसिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकाका अपांग बालबालिकाहरुको समेत स्वास्थ्य परिक्षण गरिएको थियो । निजगढ नगर उद्योेग वाणिज्य संघको सभा हलमा सम्पन्न शिविरमा ४८ जना अपांग बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।