वीरगञ्ज,पर्साबाट प्रहरीले एक करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामान लोड रहेको एउटा ट्रक र पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोकस्थित सडकखण्डबाट भन्सार छलीका कपडा तथा किताबहरु लोड रहेका ट्रक र पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको हो ।बिल बिजकभन्दा बढी मूल्यका सामानहरु लोड रहेको पिकअप तथा ट्रक आइसिपीबाट काठमाण्डौतर्फ जाँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा बिआर २२ जिए ४९१६ नम्बरको पिकअप र ना.४ ख ९८७ नम्बरको सवारीहरु बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जनाउनुभयो ।
बरामद सामानको मूल्यांकन एक करोड ४२ लाख ७८ हजार १२० रुपैँया कायम गरि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply