राजन कुमार बानिया

पोखरिया –  पर्सा जिल्लाको ग्रामिण क्षेत्रका बजारहरुमा पशुचौपाया , कुखुराको मासु तथा माछा बिक्री बितरण गर्ने स्थानहरु ब्यवस्थित नगरी बनाई फोहर तरिकाले गर्दा ग्रामीण क्षेत्रका उपभोक्ताहरुले फोहर र अस्वस्थ्यकर माछा मासु खान बाध्य भएका हुन् । खुल्ला अकाश मुनि सरसफाइ तथा न्युनतम मापदण्ड समेत पालना नगरेको पसलहरुले गर्दा ग्रामीण भेगका उप्भोक्ताहरु अस्वास्थ्यकर मासु खान बाध्य बनेका हुन् ।

 

 

 

खुल्ला रुपमा बेचिने मासु पसलहरुमा झिगा भन्केको र धोलो परेको मासु , माछामा बसेका झिंगाहारु तरकारी हारुमा गएर बसदा त्यही तरकारी बिक्री हुने गरेको ठाउँ समेत फोहर स्थानमा नै पसल थापी मासु काटीने गरेकाले समस्या थपिएको हो । बाटो, चौर , अबेवस्थीत बजारीकरणले समेत खसी, बोका, कुखुरा, बंगुरहरु काटेर बिक्री हुने गरेको छ ।

 

 

 

 

तर स्थानीय निकाय र प्रहरी प्रसाशन पनि यसमा निगरानी नगरेको देखिएको छ। मासु पसल बनाउदा मार्वल लगाएको पक्की हुनुपर्ने , पसलमा प्रयोगहुने भाडाकुडा, पानी, मासु काट्ने औजारहरु सफा लगायत फ्रिज पसल भएको हुनुपर्ने जस्ता मापडण्डहरु रहेपनी यी नियून्तम मापदण्ड मासु पसल सञ्चालकहरुले नगरेको लंगडी बालकुमार सहनीले बताए । उचित व्यवस्थापन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण व्यापारीले समेत मापदण्ड पुरा नगरेको उपभोक्ता हित संरक्षण का केही जानकारहरुले बताए ।

 

 

 

 

 

ग्रामिण क्षेत्र जानकिटोला, भिस्वा, लंगडी, पोखरिया, महुवन, डकैला, पचरुखी, सेढ्वा, महादेवपट्टी, सुबर्णपुर, मानवा, रङ्­गपुर, बिजयबस्ती, ठोरी लगाएतको हाट बजारमा समेत फोहर स्थानमा मासु माछा बिक्री हुने गरेको पाईन्छ । मासु माछा ब्यवस्थापनको लागि जिल्ला पशु कार्यालय बिरगंज र स्थानिय तहहरुमा व्यापक रुपमा कार्यक्रमको नाउँमा रकमको चलखेल भईरहेकोले स्थानिय तहले मासु माछा बिक्री बितरणमा ब्यवस्थापन गर्न नसकेको स्थानिय हरु को आरोप रहेको छ ।

 

 

 

 

 

माछा , मासुमा झिंगा, धुलोले गर्दा खरिद गर्ने उपभोक्ताहरुलाई बिरामी हुने गरेकोले स्वास्थ्य संस्थाहरुमा बढि बिरामीहरु आउने गरिरहेको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवले बताए । रोगबाट बच्नको लागि फोहर र बासी माछा ,मासु जथाभाबी बनाएर बिक्री बितरण गर्ने ठाउँबाट नखरिद गर्न र ब्वसथित ठाउँबाट खरिद गरि खान आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here