सिमरा,भन्सार छलीको सामान बोकेर वीरगञ्जबाट चितवनतर्फ जाादै गरेको एउटा ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकबाट सोमवार बिहान ना ३ ख ३९५० नम्बरको मालबाहक ट्रक बारा प्रहरीले भन्सार छलीको आशंकामा नियन्त्रणमा लिएको हो ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले सोमवार बिहान सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त ट्रकबाट ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्सलगायतका खुद्रा सामान बरामद गरिएको छ ।ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताउनुभयो ।ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको सापकोटाले बताउनुभयो ।



















