वीरगन्ज, पर्साको ठोरी गाउँपालिकामा एकजना वृद्धको हत्या भएको छ । ठोरी गापा–२ गौतमनगरका ८२ वर्षीय लक्ष्मण लामाको आईतबार हत्या भएको हो । उनका नाति ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठीले प्रहार गरी वृद्धको हत्या गरेको इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।स्थानीयको भनाई अनुसार घरनजीकै छिमेकीको घरमा छोरीका छोरा ९नाति० खड्काले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए । उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका खड्काले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढल्नुभएको थियो ।उहाँको टाउकोमा गम्भीर चोट लागेर अचेत भएपछि उपचारको लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात् गाउँलेहरूले लुकेको अवस्थामा खड्कालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।वृद्धको शव शल्यपरीक्षणको लागि नारायणी अस्पताल वीरगंज ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here