नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय कमिटी सद्स्य दिनेश राईले प्रतिगमन विरुद्धमा आफ्नो पार्टी गठन भएको बताउनुभएको छ ।
कलैयास्थित उद्योग बाणिज्य संघको सभा हलमा नेकपा एकीकृत समाजवादी पार्टी बाराले आयोजना गरेको जनप्रतिनिधि सम्मान तथा छलफल कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै राईले यस्तो बताउनु भएको हो ।
कम्युनिष्ट आन्दोलनलाई जोगाउन आफुहरु नयाँ पार्टी खोरेर लागेको उहाँको भनाइ थियो । एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमको विरोधमा उठाइएका आवाज आज सार्थक भएको र सही कम्युनिष्ट बिचारधारा बोक्ने पार्टीको जन्म भएको उहाँले तर्क गर्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष सुन्दर विकको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सद्स्य सीता गुरुङ्ग र जिल्लाका बिभिन्न स्थानीय तहमा निर्वाचित भएर एकीकृत समाजवादीमा सनाखत गरेका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
नेकपा एकीकृत समाजवादी पार्टीले फेटा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रवि कुशवाहा, निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन बडाल, पचरौता नपा १ का कार्यवाहक वडा अध्यक्ष रसिद मंसुरी, कलैया उपमहानगरपालिका ५ का वडा अध्यक्ष पुरुषोत्तम लामा, बारागढी गाउँपालिका २ का वडा अध्यक्ष कृष्ण चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी कार्यपालिका सद्स्य रामकुमार राम, अलाउद्दिन अंसारी, उदरत मिया, चिनिमाया परियार, रामदास धौजुलाई पनि सो अवसरमा पार्टीको तर्फबाट सम्मान गरिएको युवा संघ कलैया नगर कमिटी अध्यक्ष हरिओम साहले बताउनुभयो ।
कार्यक्रममा जिल्लाका पुराना कम्युनिष्ट नेताहरु छविलाल उप्रेती, बतहु यादव, श्रीपासवान, धुर्व यादव, माल्ति कुशवाहाले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वाति मिडियाव्दारा संचालित एपी खबर डटकमको वार्षिक उत्सव तथा प्रा.लि.का अध्यक्ष अनिल तिवारीको जन्म दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वतीदेबी चौधरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पहिलो रक्तदाता एंव स्थानीय व्यवसायी र नेपाल÷ बिहार रेडियो स्रोता संघका जीतेन्द्र साह सोनार (समर्पण) लाई रगत डोनेट गर्ने पोका हस्तान्तरण गरेपछि रक्तदान आरम्भ भएको थियो ।
कार्यक्रमको सहजीकरण एसएस पटेलले गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र वीरगन्ज र जीतपुर स्वास्थ्य चौकीले प्राविधिक सहयोग उपलब्ध गराएको थियोे ।