अनिल तिवारी
सिमरा –  ईलाका प्रहरी कार्यालय सिमराले विभिन्न समयमा नियन्त्रणमा लिएको २ हजार लिटर भन्दा बढि अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले पछिलो समय अबैध मदिरा बेचबिखनलाई निरुत्साहित गर्न चलाएको अभियान अन्तरगत नियन्त्रणमा लिएको मदिरालाई बुधवार दुधौरा खोलामा खाल्डो खनेर नष्ट गरेको हो ।

 

 

 

 

ईलाका प्रहरी कार्यालयले आफ्नो मातहत रहेको ईलाका प्रहरी कार्यालय जीतपुर, अम्लेखगंज, प्रहरी चौकी पथलैया, डुमरवाना, जौतापुर लगाएतको स्थानमा अबैध मदिरा बिक्री वितरणमा कडाई गर्ने क्रममा पक्राउ गरीएको अबैध घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

 

 

 

 

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको दुघौरा पुल नजिकै खाल्डो खनी स्थानिय जनप्रतिनिधी तथा ईलाका प्रशासन कार्यालय सिमरा, राजश्व कार्यालय सिमराका साथै संचारकर्मिहरुको रहबरमा मदिरा नष्ट गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here