कृपा संवाददाता
कलैया –  बारामा रहेको प्राचिन शिव मन्दिरको सरसफाई गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ३ मा पर्ने सिद्धेश्वरनाथ मन्दिरमा बुधबार सरसफाई गरिएको हो ।  आउने शिवरात्रीको अवसर पारि वडाध्यक्ष जलाउदिन मंसुरको अगुवाईमा मन्दिर परिसर, पोखरीको घाट र फिल्डको सरसफाई गरिएको हो । हरेक शिवरात्रीमा ठुलो मेला लाग्ने गरेकोले मेला अगावै सरसफाई गरि मेला व्यवस्थापन गर्न लागिएको वडाध्यक्ष मसुरले बताए । जिल्ला भरिका एक हजार भन्दा कवारथिहरु भारतको बाबाधाम, अरेराज जस्ता ठाउबाट जल बोकी सिद्धेश्वरनाथ मन्दिरमा चढाउन आउने गरेका उनले बताए ।

 

 

 

 

 

 

 

भारतको विभिन्न धार्मिक स्थलबाट करिव एक महिनाको यात्राबाट आएको कवारथिहरुको पुजापाठ गर्न, बस्नको लागि उचित व्यवस्था गर्न लागिएको समेत जानकारी गराए । विधालय व्यवस्थापन समितिका समयोजक रामअस्रे साह कानु र समुदाय प्रहरीका शेख अदालत, प्रधानाध्यापक छविरमण सुवेदि, भदै राम, नेकपाका युवा नेता विजय साह कानु, समसुल मंसुर, हस्मोदिन मंसुर लगायत सरसफाई कार्यक्रममा स्थानिय बुद्धिजिवि, शिक्षक, विधार्थीहरुको सक्रिय सहभागिता रहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here