सिम्रौनगढ,करार सेवा अस्थायी, ज्यालादारी कर्मचारी संघ सिम्रौनगढले नगर प्रमुख किशोरीप्रसाद साहलाई ज्यालादारीका कर्मचारीहरुको करार अवधि थप गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।शुक्रवार संघका अध्यक्ष नितेशप्रसाद यादवको नेतृत्वमा नगरकार्यपालिकाको कार्यालयमा गएको कर्मचारीहरुको टोलीले नगर प्रमुख साहलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।सिम्रौनगढ नगरपालिकाअन्तर्गत साविकका गाविस, नगरपालिका र नेपाल सरकारको अन्य निकायबाट विभिन्न पदमा नियुक्त भइ नगरपालिबाट तोकिएको जिम्मेवारी अनुसार कामकाज गर्दै आएका कर्मचारीहरुलाई आर्थिक वर्ष २०७८÷०७९ को तलब बाँकी राखी २०७९ असोज महिनासम्मको तलब भुक्तानी गरि नगरपालिकाले मिति २०७९ असोज २८ को चं.नं.२८३ को विषय म्याद थप सम्बन्धि पत्रमा २०७९ कार्तिक १ गतेदेखि म्याद थप नहुने सूचना गरेपछि नगरपालिकाका कर्मचारीहरु कार्यलयको मुलगेटमा करिव १ महिना तालाबन्दी गरेको र जिल्ला प्रशासन कार्यालय बारामा मिति २०७९÷७÷२० गतेका दिन बसेको बैठकको निणर्य अनुसार सुशासन समितिले श्रोतको व्यवस्थापन हुने गरि १५ दिनभित्रमा नगरपालिका बोर्डमा प्रतिवेदन पेश गर्ने र प्रतिवेदन को आधारमा कर्मचारीहरुको विषयमा निणर्य गर्ने भनी सम्झौता भएपछि कर्मचारीहरु तालाबन्दी फिर्ता लिएर काममा फर्किएका थिए ।तर सम्झौतामा उल्लेख भएको समयसिमा पुरा भइसक्दा पनि कार्यालयबाट कुनै निणर्य नभएपछि कर्मचारीहरुले नगरप्रमुख साहको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएका हुन । कर्मचारीहरुले कर्मचारीको म्याद थप गर्नेबारेमा नितिगत निर्णय गर्न र आ.व.२०७८÷०७९ बाँकी तलब भत्ता र २०७९ कार्तिक १ गतेदेखि बाँकी रहेको तलब समेत तत्काल भुक्तानी व्यवस्था मिलाउन ज्ञापनपत्रमार्फत माग गरेका छन ।

Leave a Reply