कृपा संवाददाता
हेटौडा – हेटौंडा उपमहानगरपालिकाको ढुंगा, गिट्टी, बालुवाको नदिजन्य उत्खनन् करको ठेक्का पाएको कम्पनिका सञ्चालकले काम गर्न नसक्ने लिखीत निवेदन दिएपछी ठेक्का रद्ध गरिएको छ । उपमहानगरपालिकाबाट ठेक्का प्राप्त गरेको कम्पनि मोतिदान कन्ट्रक्सन सेवा प्रालिका सञ्चालक रामबहादुर गौतमले काम गर्न नसक्ने लिखीत निवेदन दिएपछी हेटौंडा उपमहानगरपालिकाले ठेक्का रद्ध गरेको हो ।
विभीन्न कारणले ठेक्काको काम गर्न नसक्ने भनेपछी ठेक्का रद्ध गरेर धरौटी जपथ गर्ने कार्यपालिका बैठकले निर्णय गरेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । ठेक्का हाल्ने अनी काम गर्न नसक्ने भनेर कम्पनिका सञ्चालकले निवेदन दिएपछी ठेक्का रद्ध गरेर धरौटी रकम जपथ गरिएको हो । कम्पनिका सञ्चालक गौतमले माघ २९ गते काम गर्न नसक्ने भनेर निवेदन दिनुभएको थियो ।
मोतिदान कन्ट्रक्सन सेवा प्रालिले उपमहानगरपालिकाकै गतवर्षको ठेक्कामा तोकिएको भन्दा वढी अबैध रुपमा खोला उत्खनन् गरेको भन्दै जिल्ला समन्वय समिति मकवानपुरले ७३ लाख रुपैयां जरिवाना गर्दै नदिजन्य सामाग्री पनि जफथ गरेको थियो । हेटौंडाको नदिजन्य पदार्थको दोस्रो पटकको ठेक्कामा पनि मोतिदान आफैले मात्र ठेक्का हालेको थियो ।