अनिल तिवारी
सिमरा, २६ मंसिर । जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर टेढा रोडको सडक फराकिलो हुने भएको छ । बुधवार फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको २२ कोठे भवनलार्ई पछाडि तानेर बनाउने कामको शिलान्यास भएसंगै यस रोडको सडक फराकिलो हुने भएको हो ।

 

 

 

जीतपुरलाई विकासको गतिमा अगाडी बढाउन सडक र शिक्षालाई मुख्य प्राथमिक्तामा राखेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले बुधवार २२ कोठे भवनको शिलान्यास गरेका छन् । यसरी विद्यालयको पुरानो ब्यापारीक भवनलाई तोडेर नयाँ भवन बनाउदा बाटो फराकिलो हुने र यस संग–संगै यस टेढा रोडको सडकमा पर्ने अरु घरहरुलाई हटाउन समेत सहज हुने वडा अध्यक्ष गुप्ताको दावी रहेको छ ।

 

 

 

पुरोहित पवनेश शास्त्रीले हिन्दु बैदिक रिति रिवाज अनुसार समितिका अध्यक्ष गुप्ताद्धारा शिला तथा ईटटा राख्न लगाएतर यस कार्यको शिलान्यास गराएका थिए । यस कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर ७ का वडा सदस्य मोहरम मिया, ज्ञानि पासवान, दुर्गा कुमारी रिजाल लगाएत स्थानिय समाजसेविहरुको उपस्थिती रहेको थियो ।

 

 

 

करिब ७० लाखमा निर्माण हुन लागेको यस भवनलाई ब्यापारीक प्रयोजनको लागि प्रयोगमा ल्याईने छ । हाल विद्यालयसंगै जोडिएर रहेको पसलहरुलाई तोडेर पुनः निजी ब्यापारीलाई नै दिने गरी यो भवन निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक राजु सिंहंले जानकारी दिए । यस भवनको माथिलो तल्लामा कक्षा कोठाका साथै विद्यालयको पुस्ताकालय राख्ने योजना समेत विद्यालयको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here