नरेश गुप्ता
बरियारपुर – ७० औ प्रजातन्त्र दिवसमा बाराको गढीमाईमा बृहत् सरसफाइ कार्यक्रम गरि मनाईएको छ । प्रजातन्त्र दिवस मुल समारोह जिल्ला समन्वय समिती बाराको आयोजनामा रैली एवं गढीमाई मन्दिरमा बृहत् सरसफाइ गरिएको छ । जिल्ला समन्वय समिति बाराको संयोजक नवलकिशोर सिहको प्रमुख अतिथियमा प्रजातन्त्र दिवसमा महागढीमाई नगरपालिका १ र २ मा बृहत् सरसफाइको आयोजना गरिएको थियो । गढीमाई मन्दिर परिसर बाट निकालिएको रैली नगर परिक्रमा गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

७० औ प्रजातन्त्र दिवस सफल पारौ ,जहानिया शासनको अन्त भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाउदै आएको जिल्ला समन्वय समिती बाराको संयोजक नवलकिशोर सिहले बताउनु भयो । कोण सभामा बोल्दै नगर प्रमुख उपेन्द्र यादवले १०४ बर्ष सम्म राणाहरुको शासनकालमा निर्दोष जनतालाई थिचोमिचो गरिएको थियो ,त्यो दिनको अन्त भएर अहिले लोकतान्त्रिक प्रणालिमा जनताले आफ्नो हक अधिकार प्राप्त गरेको छन । यो सबै भन्दा ठूलो उपलब्धि हो , प्रजातान्त्रिक प्रणाली । बृहत् सरसफाइ कार्यक्रममा गढीमाई महेन्द्र प्राबिधिक नमुना बिधालयको शिक्षक बिद्यार्थी लगायत स्थानिय तहको कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply