निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष अजय लामाको अध्यक्षतमा भएको सो कार्यक्रमको उद्धाटन प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी र निजगढ नगरपालिकाकी उपाध्यक्ष सोममाया थिङ्गले संयुक्त रुपमा गर्नुभएको थियो ।

साधारण सभाले संचालक समितिका अध्यक्ष लामाले प्रस्तुत गरेको आर्थिक ०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष ०७९÷०८० को बार्षिक बजेट र कार्ययोजना, तथा संचालक समितिकी कोषाध्यक्ष हिरालक्ष्मी लामाले पेस गरेको आर्थिक प्रतिवेदन तथा लेखा समितिका सदस्य युवराज न्यौपानेले प्रस्तुत गर्नभएको आर्थिक वर्ष ०७८÷०७९ को लेखा परीक्षणको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कुल ९ सय ८६ शेयरधनी सदस्यहरुबीच कारोबार गरेको सो सहकारीले चालु आर्थिक वर्षमा करिव १९ करोड बराबरको कारोबार गरी ५० लाख खुद मुनाफा गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

Leave a Reply