कृपा संवाददाता
हेटौडा –  जिल्ला अदालत मकवानपुरले छोरीलाई बलात्कार गरेको ठहर गर्दै बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त फैसला गरेको हो । अभियुक्त पिता हेटौंडा उपमहानगरपालिका–८ निवासी ४९ वर्षीय रहेको जिल्ला अदालतबाट थाहा भएको छ । बलात्कारी बाबु क्षेत्रीय कारागार भीमफेदीमा कैदको सजाय भोगिरहनुभएको छ ।

 

 

 

 

अभियुक्त बाबुले १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर २०७५ चैत २ गते बलात्कार गरेका थिए । अदालतले एक लाख रुपैयां पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन आदेश जारी गरेको छ । बाबुबाटै बलात्कृत भएपछि किशोरी बारा जिल्लाको कोल्पीमा आफन्तकहां पुगेकी थिइन् । आफन्तको पुगेर घट्नाबारे सबै जानकारी गराएपछि बालिका बलात्कृत भएको कुरा सार्वजनिक भएको थियो ।

 

 

 

 

 

आफन्तको सहयोगमा चैत ११ गते बाबुलाई कारबाही गर्न किशोरीले जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिइएकी थिइन् । अभियुक्त बाबुले किशोरीकी आमा दोस्रो विवाह गरेर अन्यत्र गएपछि घरमा अर्की सानीआमा ल्याउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here