कृपा संवाददाता
हेटौडा –  मकवानपुरमा खोला र जंगल उत्खनन् गर्ने सवारीका साधन जिल्ला वन कार्यालय मकवानपुरले धमाधन नियन्त्रणमा लिएपछी अवैध उत्खनन् केही हदसम्म कमी आएको छ । वन कार्यालयले हाल सम्म ६ वटा एक्साभेटर, लोडर र टिफर नियन्त्रणमा लिएको छ । डिभीजन वन कार्यालयकोे प्राङ्गनमा एक्साभेटर, लोडर र टिफर र उत्खनन् गरेको सामाग्रीले स्थान अभाव समेत भएको छ ।

 

 

 

 

 

वन कार्यालयमा नियन्त्रणमा लिइएका सवारी साधनका विरुद्धमा मुद्धा समेत चलाईएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले वताउनुभयो । हाल सम्म वन कार्यालयले बकैया गाउंपालिकाको कत्लेखोला सामुदायिव वन क्षेत्रमा उत्खनन् गरिएको एउटा एक्साभेटर, गढी गाउंपालिका वडा नम्बर ४ मनाकामना सामुदायिक वन क्षेत्रमा सडक निर्माणका नाममा रुख कटान गर्ने ब्याकहो लोडर, हेटौंडा १७ खहरेखोलामा उत्खनन् गर्ने व्याकहो लोडर र हेटौंडाको रापतीमा अवैध रुपमा उत्खनन् गर्ने एउटा एक्साभेटर र दुईवटा टिफर नियन्त्रणमा लिइएको डिभीजन वन प्रमुख इमनाथ पौडेलले वताउनुभयो ।

 

 

 

 

 

मकवानपुरका कुनैपनि खोला र वन क्षेत्रमा अवैध रुपमा उत्खनन् गरेको पाइएमा पक्राउ गरेर मुद्धा चलाइने उहांले वताउनुभयो । पछील्लो समयमा वनक्षेत्रमा उत्खनन् गर्ने सवारीका साधन नियन्त्रणमा लिएसंगै अवैध उत्खनन् गर्नेक्रममा केही कमी आएको छ ।

Leave a Reply