वीरगञ्ज,केन्द्रीगुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादवलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरिएको छ ।विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिना कैद र ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ जरिवानाको सजाय तोकेको छ ।अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशद्वय रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको वैध आय–व्यय गणना गर्दा उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको थियो ।
अनुसन्धानका क्रममा यादवले आफ्नो वैधानिक आयभन्दा ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ ।

 

Leave a Reply