निजगढ,निजगढ– ५ को न्यू जनजागृती युवा क्लबले बाराको निजगढ नगरपालिका– १३ डम्बरपुरमा संचालन भएको फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । न्यू जनजागृतीले निजगढ– ११ रतनपुरीको पानीट्याड्की युवा क्लबलाई ट्राईबेकरमा ५-४ गोलले पराजित गरेको हो ।जितसंगै न्यू जनजागृतीले ५० हजार नगद र प्रमाणपत्र, ट्रफी हात पारेको छ भने उपविजेता पानीट्याड्कीले २५ हजार नगद, प्रमाणपत्र र ट्रफिमा चित्त बुझाएको छ ।निर्धारित समयभित्र दुबै टोलीले गोल रहित बराबरी खेलीपछि खेल ट्राईबेकरमा धकलिएको थियो । खेल अवधिभरि दबाबमा परेको न्यू जनजागृतीले ट्राईबेकरमा भने नतिजा आफ्नो पक्षमा पारेको थियो ।निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख सोममाया थिङ, वडा अध्यक्ष गोकुल तिमल्सिना, सुर्य बहादुर थापा मगर, घनश्याम तिमल्सिना, टेकबहादुर थिङ लगायतको उपस्थिति रहेको थियो ।प्रतियोगितामा निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २० वटा क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here