हेटौंडा – मकवानपुरको हेटौंडामा एकल महिलाहरु संगठित हुनेक्रम ह्वात्तै बढेको छ । आइतबार मात्रै हेटौंडा उपहानगरपालिकाको वडा नम्बर १२ मा समूह गठन गरेसँगै एकल महिलाहरु संगठित हुनेक्रम बढेको हो । एकल महिलाहरुलाई मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले संगठित गर्दै आइरहेको छ । आज वडा नम्बर १२ मा रोमा बिश्वकर्माको अध्यक्षतामा नौं सदस्यीय समूह गठन गरिएको छ ।

 

 

 

 

 

 

 

९७ जना एकल सहिलाहरु उपस्थित रहेको कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समूह मकवनपुरकी अध्यक्ष टीका पौडेलको अध्यक्षतामा र वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानको प्रमुख आथिइतामा सम्पन्न भएको हो । यो हेटौंडाको नबौं एकल महिला समूह हो यसअघि शनिबार वडा नम्बर १३ मा ६७ जना एकल महिलाहरुको सहभागितामा वडा नम्बर १३ मा मानव अधिकारका लागि महिला एकल महिला समूह गठन गरिएको सो समूहका मकवानपुर जिल्ला अध्यक्ष टीका पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply