पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा सोमवारबाट मिडास हेल्थ क्लिनिक तथा डाईगोनोस्टिक सेन्टर संचालनमा आएको छ ।ल्याव, एक्सरे र ३ बेड सहितको हेल्थ क्लिनिकको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्लेले रिवन काटेर उद्धाटन गर्नु भएको हो ।आकस्मिक र प्रसुतिसहित २४सैं घण्टा सेवा दिने गरी क्लिनिक संचालनमा ल्याइएको हो । क्लिनिक कलैया निवासी नागरिक समाजका अध्यक्ष उमेशलाल दासका कान्छा छोरा डा. प्रतीक कुमारले संचालनमा ल्याउनु भएको हो ।डा. प्रतीक नेपाल मेडिकल कलेजबाट एमबिबिएस उतिर्ण गरी विगत ५ वर्षदेखि देशका विभिन्न जिल्लामा कार्य अनुभव हाँसिल गरि हाल जीतपुरसिमरा अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ र डा. प्रिन्स तिवारीले पालैपालो सेवा दिने गरी हाल क्लिनिक संचालनमा ल्याइएको हो ।‘सामान्य समस्यामा पनि यहाँका मानिस वीरगञ्ज, हेटौंडा, भरतपुर तथा काठमाडौंसम्म धाउने गरेको पाईयो डा. प्रतीकले भन्नुभयो, स्थानीयस्तरमै रोगको निदान गरी सुलभ र सहज सेवा दिने उद्देश्यले क्लिनिक संचालनमा ल्याइएको हो ।’‘२४ घण्टे सेवासहित विभिन्न रोग सम्बन्धी विशेषज्ञहरुको उपस्थितमा सातै दिन जनतालाई सेवा दिने व्यवस्था मिलाइने छ ।’ डा. प्रतिकले भन्नुभयो ।मिडास हेल्थ क्लिनिक तथा डाईगोनोस्टिक सेन्टरको उद्धाटन कार्यक्रममा डा. प्रतीकका परिवारका सदस्यहरु, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का पूर्वअध्यक्ष अर्जुनप्रसाद दाहाल, पत्रकार पुष्पराज खतिवडा, सामाजिक अगुवा प्रमोदप्रसाद पौडेल, रामबहादुर कार्की, स्वास्थ्य कर्मीहरुलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here