पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपमा बीरगंज युथ क्लवले बिजयी सुरुवात गरेको छ ।  पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा जारी खेलमा थारु थारुवान ११ रौतहटलाई १ गोलले हराउँदै बीरगंज युथ क्लव अघिल्लो चरणमा प्रबेश गरेको हो ।

निकै रोमाञ्चक देखीएको खेलको दोस्रो हाफको ४औ मिनेटमा बीरगंजका खेलाडी जर्सी नं. ६ का म्याक्सले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच रौतहटका सन्देश चौधरी घोषित भए । उनलाई पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादब र समाजसेवी लक्षमण श्रेष्ठले संयुक्त रुपमा एक हजार एक सय रुपयाँ नगद र ट्रफी पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको तेस्रो खेलमा भोली एफ सी सिमरा र नेपाल खेलकुद क्लव चपुरबीच प्रतिस्पर्धा हुने छ  ।प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here