बिदुर खडका
डुमरवाना,बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुरले सहकारी संस्थाहरुले बचतकर्ताको रकम फिर्ता नगरेमा संञ्चालकलाई कारबाही हुने बताउनुभएको छ ।सिमरास्थित संगालो बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारण सभालाई संम्बोधन गर्दै अध्यक्ष ठाकुरले आइतवार सो कुरा बताउनुभएको हो । सहकारी संस्थाहरुले बचतकर्ताले मागेको बखत रकम दिनुपर्ने भन्दै उहाँले यदि कुनै सहकारीले रकम फिर्ता गर्न मान्दैन भने उनीहरुमाथि काराबाही गरिनुपर्ने उहाँको भनाई थियो । सहकारी संस्थाका ऋणीहरुले पनि आफूले लिएको ऋण समयमै तिर्नुपर्ने उहाँको भनाई थियो । ऋणीहरुले पनि शर्तअनुसार रकम नतिरेको अवस्थामा उनीहरुमाथि प्रसाशनले कारबाही गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
अध्यक्ष ठाकुरले संञ्चार माध्यमहरुले सहकारी संस्थाहरुको विषयमा सत्य तथ्य समाचार संप्रशषण गरेर जनतालाई सही सूचना प्रदान गर्नुपर्ने पनि उहाँको भनाई थियो ।साधारण सभालाई संम्बोधन गर्दै कार्यक्रमका वक्ताहरुले सहकारी संस्थाहरु बीच अस्वस्थ प्रतिस्पर्धा हुन नहुनेभन्दै स्वस्थ प्रतिस्पर्धा र सहकार्यको माध्यमबाट काम गर्नु उहाँले अनुरोध गर्नुभयो । सहकारी संस्थाहरुबीच सहकार्यको भावना हराएकोमा उहाँले चिन्ता पनि व्यक्त गर्नुभएको छ ।
एक व्यक्ति एक सहकारीको अवधारणा र सहकारीको कारोबारको हिसावले वर्गिकरण नगरेसंम्म सहकारीहरु र सदस्यबीच आपसी भाइचाराको विकास नहुने पनि उहाँले बताउनुभयो ।संगालो बचत तथा ऋण सहकारी संस्थाको साभारण सभाले निराजन थापाको अध्यक्षतामा ११ सदस्य संञ्चालक समिति सर्वसंम्मतले चयन गरेको छ ।


















