बरियारपुर,बाराको कलैयास्थित मनकामना कलेजले शनिबार कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई बिदाई कार्यक्रम आयोजना गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको मनकामना कलेजमामा अध्यनरत कक्षा १२ का ४६ जना विद्यार्थीलाई एक समारोहकाबीच फूलमाला लगाएर बिदाई गरिएको हो । त्यसैगरी कक्षा ११ मा भर्ना भएका ६० जना विद्यार्थीहरुको कलेजले स्वागत गरेको छ । मनकामना कलेजद्वारा आयोजित स्वागत तथा बिदाई कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी सिमा सुरक्षा बल १२ नम्बर गणको गुल्मपती रोबिन कर्णजितले छात्रछात्राहरुलाई फूलमाला लगाएर बिदाइ गर्नु भएको थियो । सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका गुल्मपती कर्णजितले विद्यार्थीले आफुभित्र भएको लगनशीलतालाई चिन्तन मनन गर्नु पर्न बताउनु भयो ।

असल शिक्षादिक्षाले नै असल नागरिकको उत्पादन हुने भएकोले यसप्रति अभिभावक, शैक्षिक संस्था र प्राध्यापकले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । मनकामना कलेजको निर्देशक रामबाबु कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका शिक्षा शाखा प्रमुख बिजय अधिकारी, प्राध्यापक नरेन्द्र निधि, तेजिलाल साह, रमेश यादव, गोपाल सेवा समिति बाराको अध्यक्ष जंगबहादुर यादव, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, नेपाल स्काउट संघ बाराका अध्यक्ष भरत साह, ज्ञानदीप बोर्डिङ्ग स्कुलका रामदिनेश कुशवाहाले कार्यक्रमको सफलताको बारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा मनकामना कलेजको निर्देशक रामबाबु कुशवाहाले प्रमुख अतिथि रोबिन कर्णजित र ज्वाला गणका सहायक गुल्ममती सुशिल बिक्रम साहलाई प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here