कलैया,नेपाल पत्रकार महासंघ बारा शाखाले प्रभातफेरि गरी शनीवार सदरमुकाम कलैयामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।बारा उद्योग वाणिज्य संघको अगाडिबाट सुरु भएको प्रभातफेरि जिल्ला प्रशासन कार्यालय बारा हुँदै भरत चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । पत्रकारहरुले “नयाँ साहसी संसारमा रिपोर्टिङ र पत्रकारको सुरक्षा ग्यारेन्टी गर“ भन्दै प्रभातफेरि निकालेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी रहनुभएको थियो । कोणसभालाई सम्बोधन गर्दै सचिव तिवारीले प्रेस स्वतन्त्रता दिवस मनाउने दिनमा पनि दुःखपुर्वक मनाउनु परेको उहाँले बताउनुभएको छ । संविधानले पत्रकारहरुलाई लेख्ने अधिकार दिएकोभन्दै उहाँले राज्यले त्यस्को अनुभूति हुन नदिएको जनाउनुभएको हो ।
राज्यको चेपुवामा पर्नुपरे पनि पत्रकारहरुले लेख्ने काम भने कम नगरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा कोण सभा भएको हो ।

यस्तै ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा शनीवार वीरगञ्जमा पनि प्रभातफेरि तथा कोणसभा सम्पन्न भएको छ । “बलियो नयाँ युगमा रिपोर्टिङ ः प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” भन्ने नारासहित मनाइएको कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वतन्त्र र जिम्मेवार प्रेसको महत्वपूणमाथि जोड दिइएको थियो ।नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारीले पछिल्लो समय प्रेस स्वतन्त्रता हननको दर बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकारितामाथिको हस्तक्षेपप्रति राज्य संयमित हुनुपर्ने बताउनुभएको छ । महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरूमाथि भइरहेका धम्की र आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।

Leave a Reply