निजगढ – मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ ।

 

 

 

सरकारले बाराको निजगढमा बनाउने भनिएको अन्तर्रािष्ट्रय विमानस्थल काम सुरु नभए पछि बिकास र निकारको अन्योलको मारमा टांगियाबस्ती परेको हो । अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेको वर्षौं बितिसक्दा पनि काम सुरु नभएकाले अहिले बाराको टांगियाबस्तीका बासिन्दा अन्योलमा परेका छन ।

 

 

 

 

सरकारी योजनाकै कारण बस्तीबाट अन्यन्त्र स्थानान्तरण हुनुपर्ने भएकाले टांगियाका बासिन्दा वर्षौंदेखि पूर्वाधारबाट वञ्चित हुँदै आएका हुन । यही कारण टांगियामा विकास निर्माणको काम ठप्प छ । खानेपानी, विद्युत्त, सडक र शैक्षिक पूर्वाधार विमानस्थलको योजनाकै कारण बन्न सकेको छैन ।

 

 

 

 

तर, केही समयअगि बाराको डुम्बरवाना आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगियावस्तिमा बिजुलि पुर्याउने बताएका थिए, उनले नेपाल बिधुत प्राधिकरण सिमरा वितरण केन्द्रलाई आदेश दिए पछि निर्माणको प्रारम्भिक काम अघि बढेसंगै प्रस्तावित आयोजना स्थलभित्र बसोबास गर्ने १ हजार ४ सय ७६ घरधुरी सुकुम्बासी परिवार अहिले खुसि देखिन्छन् ।

 

 

 

विमानस्थल क्षेत्रभित्र रहेको मध्ये टाँगिया सबै भन्दा ठुलो वस्ति हो । ८ हजार भन्दा बढी जनसंख्या बसोबास रहेको वस्ति करिव ६५० विगाह क्षेत्रमा फैलिएको छ । तामागढी क्षेत्रको जंगल फडानीपछि रोपिएका विरुवा गोडमेलसंगै बाली समेत लगाउन पाउने गरी वन कर्मचारले २०३१ सालतिर सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर वस्ति बसाएका थिए । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि तत्काल उचित प्रवन्ध हुन नसक्दा वस्तिले स्थायी रुप लिएको थियो । करिब ४६ बर्ष पछि गाउँमा बिजुलि आउने थहाँ पाएका टाँगियाबासिको खुसिको सिमानै छैन ।

 

 

 

शुरुमा सरकारले नै बोलाएर राख्योे, टाँगियाका स्थानीय सुमन थोकर भन्छन, आफुहरु आयोजना विरोधी नभएको तर जायज माग पुरा नगरी काम अघि बढाए अवरोध गर्ने पनि बताए । ‘बिमानस्थल बन्नु पर्छ, उनले भने, तर जनतालई बिचल्लीमा पार्नु भएन ।

 

 

 

 

टाँगियावस्ति सरकोकार समितिका संयोजक रमेश सापकोटा भन्छन्, हामि सधै नेताको भोट बैकं भयै तर कसैले केहि गरेनन् तर अहिले आएर कुलमान घिसिङको निणयले सम्पुण टाँगियावासिमा खुसि छाएको उनको भनाई छ । अब बिजुलि आउदै गर्दा कहि कतैबाट रेकावट भए टाँगियावस्तिमा बसोबास गर्ने १ हजार ४ सय ७६ घरधुरी आन्देलनमा जाने बताउछन ।

 

 

 

वर्षौंदेखि पूर्वाधारबाट वञ्चित हुँदै आएका हामि करिब २ बर्षबाट लगातार कुलमान घिसिङसंग पहल गरेको र घिसिङ तराईमा बसेबास गर्न १ हजार ४ सय ७६ घरधुरी बिधुतबाट वञ्चित भएको थाहाँ पउदाँ अच्ममित भएको जितपुरसिमरा उपमहानगरपालिका १६ का वडा अध्यश्र केदार बजगाँईले बताए ।

 

 

 

 

यस्तै, नेपाल बिधुत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख ई. रोहिणी पौडेलका अनुसार टाँगियावस्तिसम्म बिधुत पुर्याउन करिब १ करोड लगानि लाग्ने र यो आधिक बर्ष सम्ममा टाँगियावस्तिमा बिधुत बल्ने र दोस्रो अन्तराष्ट्रिय विमानस्थल निमार्णमा नेपाल बिधुत प्राधिकरण बधक नबने उनले बताए ।

 

 

 

 

 

बिमानस्थल निर्माणमा रुख कटान गर्ने विषयमा पटक–पटक बढि बिवाद र चर्को बहस थालिए पछि बिमानस्थल निर्माणको मुख्य कामले प्रवेशै नपाउदा प्रगति शुन्य देखिएको छ । नेपाल भरमै सबै भन्दा उपयुक्त स्थानको रुपमा पहिचान गरि २०५१ देखि सुरु गरिएको बिमानस्थल निर्माणमा पुर्वाधारका कामहरु चार किल्ला छुट्याउँने, पसाहा खोलामा तटबन्द गर्ने कामको थालनी र केही जग्गाको मुऔजा बितरण गर्ने काम बाहेक विमान स्थल निर्माण गर्ने अर्काे कुनै सुरसार भएको देखिदैन् ।

 

 

 

 

 

 

यता, दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजना फिल्ड कार्यालय सिमरा भने उत्त स्थानमा तत्काल बिधुत वितरण गर्न नहुने विमानस्थल आयोजना बताउछ । तत्काल बिधुत वितरण गर्दा पछि अर्का स्थानमा वस्तिलाई स्थानान्तरण गर्न समस्या हुने आयोजना बताउछ ।

 

 

 

 

 

 

 

मैले थहा पाउने बितिकौ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेललाई जानकारी गरेको छु र प्रमुख जिल्ला अधिकारी पोखरेलले नेपाल बिधुत प्राधिकरण सिमरा वितरण केन्द्रलाई अहिले टाँगियाबातिमा बिधुत वितरण नगर्न निदेशन दिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजना फिल्ड कार्यालय सिमराका प्रमुख ई. बिजय यादबले बताए ।

 

 

 

 

 

 

यस्तै, दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजना फिल्ड कार्यालय सिमराका प्रमुख ई. बिजय यादबले टाँगियावस्तिमा बिधुत बितरणका लागि निर्माणको प्रारम्भिक काम अघि बढेको जानकारि गराए लगतै आफले नेपाल बिधुत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख संग पनि जानकारि लिई नेपाल बिधुत प्राधिकरण केन्द्ध र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारि गराएको र आफ केन्द्धको निदेशन अनुसार उगि बड्ने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

 

 

 

 

 

 

निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको ०६४ माघको सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४–६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्रा्ष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here