कृष्ण मोहन साह

सेढवा – लकडाउनका कारण मर्कामा परेका जीराभवानी गाउँपालिका वडा नम्बर १ पकडीटोलका मुसहर समुदायलाई भोर नाम सामाजिक संस्थाको आर्थिक सहयोगमा राहत वितरण गरिएको छ । कोभिड -१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागी सरकारले गरेको लकडाउन लम्बिदै जाँदा विपन्न मुसहर समुदायको दैनिकी दयनीय बन्दै जान थालेपछि मंगलबार संस्थाले चामल ,दाल,प्याज,साबुन लगायतको खाद्यान्न सामग्री वितरण गरेको स्थानीय युवा गोविन्द चौधरीले जानकारी दिए ।

 

 

 

 

सामाजिक अभियन्ता प्रकाश थारुको संयोजन र भोरको आर्थिक सहयोगमा पकडीटोलका ३५ घरधुरीलाई राहत सामग्री वितरण गरिएको युवा व्यवसायी समेत रहेका चौधरीले जानकारी दिए । उनका अनुसार प्रति परिवार २० किलोग्राम चामल, २ किलोग्राम दाल, १ किलोग्राम प्याज र १ लिटर तेल वितरण गरिएको छ । त्यस्तै आलु २ किलोग्राम , सोयाविन १ किलोग्राम , नुन १ किलोग्राम , हरियो तरकारी २ किलोग्राम र साबुन २ पिस पनि राहतस्वरूप वितरण गरिएको उनले जानकारी दिए ।

 

 

 

सो अवसरमा लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएर चुलो बाल्न नै समस्या भैरहेको बेला अभियन्ता थारु र भोरले गरेको सहयोगको प्रशंसा गर्दै स्थानीय मुसहर समुदायले आफ्नो पीडा बुझ्न् सबैसँग अपिल गरेका थिए ।

Leave a Reply