आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ६ स्थित कंकाली मध्यमिक विद्यालयमा शनिबार निःशुल्क दन्त र आँखा शिविरको आयोजना गरिएको हो ।साना किसान कृषि सहकारी संस्था सिम्रौनगढको आयोजनामा भएको शिविरमा सिम्रौनगढ ईलाकाका ९७५ जनाले आँखा र दन्त परीक्षण गराएर औषधिसमेत लिएका थिए ।

ंशिविरमा ७४५ जनाले आँखा र २३० जनाले दन्त सेवा लिएका हुन । आँखाका विरामी मध्ये २३४ जनामा मोतिबिन्दु देखिएको र वीरगञ्जमा लगेर उनीहरुको शल्यक्रिया गरिने डा. चन्दन बनर्जीले जानकारी गराउनुभयो ।
यो शिविरमा दन्ततर्फ डा. शिवा केशी, राहुल गुप्ता र आँखातर्फ डा. चन्दन बनर्जी, अनवर अली (एमडी) मिथलेश गुप्ता, शोहेल अली र सहायोगीहरुले सेवा दिएका थिए ।सो शिविरमा सेवा प्रदान गर्ने डाक्टर र सहयोगीहरुलाई साना किसान कृषि सहकारी संस्था सिम्रौनगढका प्रबन्धक दिलीपकुमार कर्णले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply