धिरेन्द्र तिवारी
कलैया,बाराको देवताल गाउँपालिका वडा नम्बर ६ रौवाहीमा बुधवार १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष सन्जयकुमार पटेल र रौवाही स्वास्थ चौकीका प्रमुख दिपेश कुशवाहाको संयुक्त पहलमा र किरण आँखा अस्पताल कलैयाको आयोजनामा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर संचालन भएको हो ।
उक्त शिविरमा १ सय ५० जानाको आँखा चेकजाँच गर्दा ४० जनामा मोतियाविन्दु देखिएको वडा नम्बर ६ का वडा अध्यक्ष पटेलले जानकारी गराउनुभयो ।

मोतियाविन्द फेला परेका बिरामीलाई किरण आँखा अस्पताल कलैयाले ५० प्रतिशत छुट खर्चमा उपचार गर्ने अस्पतालका सहजकर्ता आरती साहले जानकारी गराउनुभयो । साहका अनुसार आँखा शिविरमा किरण आँखा अस्पतालका चिकित्सक निभा कुशवाहा, अनिल पण्डित, शम्भु चौरसियाको टोलीले बिरामीको चेकजाँच गरेको थियो ।सो अवसरमा रौवाही स्वास्थ्य चौकीका सिअहेब मनोज साह, योगेन्द्र यादव, सुनिल यादव, बुद्धिजीवी बिगन मण्डललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply