हेटौंडा – बागमती प्रदेश सरकारले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा बुधबार हेटौंडामा भव्य कार्यक्रम गरेको छ । बार्षिक उत्सवका अवसरमा विभीन्न कार्यक्रमगरी मनाइएको छ । कार्यक्रमलाई संबोधन गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुईवर्षको विचमा धेरै खालका महत्वपूर्ण काम गरेको वताउनुभयो । प्रदेश सरकारले परिवर्तन संभव छ भन्नेकुरा देखाएको वताउनुभयो ।

 

 

 

 

 

साग विजेता खेलाडीको सम्मान गर्दै उहाँले खेल क्षेत्रका कारण देश विदेशमा नेपाललाई चिनाएकोमा प्रसंसा समेत व्यक्त गर्नुयो । कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, सचिवहरु, प्रदेश सांसदहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो । प्रदेश सरकारले दुईवर्षको अवधिमा गरेका कामलाई समेटेर स्मारीका समेत विमोचन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here