कलैया,बारा जिल्लाको पचरौता नगरपालिकाद्वारा नगर स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
‘बैदेशिक रोजगारी, अवसर कि चुनौति’ विषयमा भएको प्रतियोगितामा पचरौता नगरभित्रका ४ वटा माध्यमिक विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा श्री नेरामावि बेनौली प्रथम, नेरामावि पिपरपाती द्वितीय र श्री नेरामावि कुड़वाका विद्यार्थी तृतीय भएका थिए । प्रतियोगितामा प्रथम हुने विद्यालयले ५ हजार नगद, ट्रफी, मेडल, र शैक्षिक सामग्री पुरस्कार हात पारेका थिए । त्यसैगरी दोस्रो हुने विद्यालयले ३ हजार नगद, ट्रफी, मेडल र शैक्षिक सामग्री प्राप्त गरेको छ । तेस्रो श्री नेरामावि बेलदारीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
विजयी छात्रछात्रलाई नगर प्रमुख एवंम कार्यक्रमका प्रमुख अतिथि जलन्धर सिंहले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत गौरी साह, शिक्षा संयोजक पंडित त्रिपाठी र शिक्षा सहायक मुकेशकुमार सिंह सदस्य रहेको निर्णायक मण्डलले प्रतियोगितामा सहभागी विद्यार्थीको मूल्याङ्कन गरेको थियो ।

पचरौता नगरपालिकाको आयोजना तथा शिक्षा शाखाको व्यवस्थापनमा भएको सो प्रतियोगितामा नगर उपप्रमुख नसीमा खातून, वडा नम्बर ५ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, वडा नम्बर ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी, वडा नम्बर ९ का वडा अध्यक्ष गगनदेवप्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेरामावि पिपरपातीका प्रधानाध्यापक रामानन्द साह, नेरामावि बेनौलीका प्रधानाध्यापक ज्ञानी साह, नेरामावि बेलदारीका प्रधानाध्यापक प्रमोदप्रसाद यादव, शिक्षकहरु बिश्वजय प्रसाद यादव, प्रमोदप्रसाद साह, ओमप्रकाश चौधरी, मुकेशकुमार महतो, पालिका आईटी ऑफिसर जावेद मंसुरी, सच्चिदानन्द पटेललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सञ्चालन नेरामावि कुड़वाका प्रधानाध्यापक सबिन्द्र सहनीले गर्नुभएको थियो ।

Leave a Reply