कृपा संवाददाता
हेटौंडा , १४ मंसिर । हेटौंडा ५ पीप्लेमा रहेको संजिवनी वचत तथा ऋण सहकारी संस्था लिमीटेडको १८ औं साधारण सभा आज हेटौंडामा भएको छ । साधारण सभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहकारीको पुँजीलाई उत्पादन संग जोड्नुपर्ने वताउनुभयो । सहकारीबाट ऋण लिने र दिने मात्र भन्दा पनि यसबाट सवै स्वावलम्वी वन्नेगरी काम गरिनुपर्ने वताउनुभयो ।