सिकिन्द्र साह
सिम्रौनगढ – बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकामा राखिएको काेरेनटाइनमा छ जना पुरुषलाई एकै साथ काेरोना पुष्टि गरिएको छ । गत ७ गते स्वाब संकलन गरि हैटाेडमा जाँच गरिए पछि कोरोना पोजेटिभ आएको हो । संक्रमितहरू भारतकाे महाराष्ट्र हरियाणा गुरु ग्राम दिल्लीबाट काम गरि नेपाल फर्केका थिए । भारतबाट नेपाल आएपछि काेरेनटाइनमा बसेका थिए । कोरेनटाईनमा बसेकाहरूको चेकअप गर्दा कोरोना संक्रमीत देखीएकाे जिल्ला प्रमुख अधिकारी रुद्र प्रसाद पडितले बताए ।
वडा नम्बर १ का २७ वर्षिय , वडा नम्बर २ का २५ वर्षिय , वडा नम्बर ११ का २२ वर्षिय , वडा नम्बर ७ बस्ने ३४ वर्षिय , सोहि वडाका ४५ वर्षिय र ३८ वर्षिय पुरूषहरू रहेका छ्न् । सिम्रौनगढ नगरपालिकाको महुवाहि , सतुवाहि , कचोर्वा , रामनगर , पर्सा , कवलपुर लगायतका बासिन्दाहरुले भारतमा आफ्नो जिविका चलाउनकाे लागि भारतमा काम गर्न गएकाे थियो ।
लकडाउनमा आफ्नो देश फर्के पछि कारेनटाइन बस्दै आइरहेको थियो । उनिहरुलाइ कलैया अस्पताल लैजानै त्यारी भइरहेको समेत बताएका थिए ।