वीरगञ्जमा रहेको आविष्कार केन्द्रका संचालक वैज्ञानिक महावीर पुन कहिले पुस्तक बिक्री गर्दै त कहिले केही गर्दै हिँडेको देखिन्छ । उहाँको यो उद्देश्य व्यक्तिगत खर्चका लागिभन्दा पनि सामुहिक योगदानका लागि भएको देखिन्छ ।
केही वर्षदेखि वीरगञ्जमा पुनले आविष्कार केन्द्र खोलेपनि आर्थिक अभाव भएपछि उहाँले अनेक कार्य गर्नुपरेको देखिन्छ । त्यसो त आविष्कार केन्द्रले अपेक्षाकृत काम गरेको पनि देखिदैन । यसमा सरकारले पुनको कुरा बुझेन वा बुझ्न चाहेन कि भन्ने पनि देखिन्छ । पुनको सोच र उद्देश्य हेर्ने हो भने सबै काम देशका लागि मात्र होइन विदेशमा समेत अति आवश्यक देखिन्छ ।

हालै रष्ट्रिय आविष्कार केन्द्र वीरगञ्ज कृषि औजार कारखानाले नेपालमै पहिलो पटक फिस इन्क्युवेटर र अक्सिजन एरिएसन मिक्सिङ टावर मेशिन आविष्कार गरेको छ ।फिस इन्क्युवेटरले माछाको अण्डाबाट भुरा उत्पादन गर्ने र अक्सिजन एरिएसन मिक्सिङ टावरले पानी र हावालाई आपसमा मिलाउने काम गर्छ ।नेपालमातराई मधेस माछापालन व्यवसायको हब पनि हो । माछा पालन व्यवसायमा यहाँको एक जमात लागेको छ र कमाइ पनि राम्रो भइ नै रहेको छ । अब यस्तो चीजको विकास भएपछि यसले माछा व्यवसायीलाई फाइदा नपुग्ने कुरै भएन ।\

तर, यसलाई अझै व्यवसायिक बनाउनु पर्दछ । साच्चै महावीर पुनले गरेको काम वैज्ञानिक र देशका लागि आवश्यक छन् भने किन सरकारहरुले लगानी नगर्ने, सहयोग नगर्ने अनि यसलाई व्यवस्थित बनाउन तर्फ नलाग्ने ? नेपालमा सरकारी स्तरबाट यस्तो काम अहिलेसम्म भएको छैन र भएपछि पनि टिक्दैन । निजी क्षेत्रबाट भएको छ भने प्रोत्साहन गरौं र स्वदेशमै उत्पादित वैज्ञानिक बस्तुहरुको उपभोग पनि गरौं अनि वैज्ञानिकहरु मनोबल पनि बढाऔं ।

Leave a Reply