वीरगञ्ज,त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा वीरगञ्जबाट दुई जना पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका– ३ बिर्तास्थित श्री त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा जारी बीबीएस दोस्रो वर्षको परीक्षा दिइरहेकी आफ्नो बुहारीका लागि चिट लिएर जाने र परीक्षा हलसम्म चिट पु¥याउन सहयोग गर्ने दुई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा मोहनप्रसाद यादव र विनोदकुमार स्वर्णकार रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुरप्रसाद सिवाकोटीले बताउनुभयो । इन्स्पेक्टर सिवाकोटीका अनुसार परीक्षामा सहभागी बुहारीका लागि उत्तर लेखेको कागजसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।यादवले चिट लेखिएको कागज लगेर स्वर्णकारलाई दिँदै गरेको अवस्थामा उनीहरूलाई रङ्गे हात पक्राउ गरिएको इन्स्पेक्टर सिवाकोटीले बताउनुभयो । उहाँका अनुसार स्वर्णकार त्रिजुद्ध स्कुलमै कार्यरत शिक्षक हुन् भने हाल परीक्षामा पर्यवेक्षकका रूपमा खटेका छन् । त्यस्तै यादव ठाकुरराम बहुमुखी क्याम्पसको पूर्वकर्मचारी हुन् ।

Leave a Reply